नियम
घर जग्गाको मूल्याङ्कन र कर निर्धारण गर्दा विचार राख्नु पर्ने कुरा

८. घर जग्गाको मूल्याङ्कन र कर निर्धारण गर्दा विचार राख्नु पर्ने कुरा

ऐनको दफा ७ अन्तर्गत कुनै व्यक्तिको घर जग्गाको मूल्याङ्कन र त्यसमा घर जग्गाको कर निर्धारण गर्दा कर अधिकृतले निम्नलिखित कुराहरूको विचार राख्नु पर्छ ः–

(क) कर इन्स्पेक्टर वा अरु कसैको गोप्य प्रतिवेदन परेकोे भए सो प्रतिवेदन,
(ख) कर इन्स्पेक्टर वा अरु कसैद्वारा प्राप्त त्यस्ता घर जग्गाको कुनै नाप, नक्सा वा सरजमीन मुचुल्का, र
(ग) कर अधिकृतले ठानेका अन्य कुनै उचित आधार ।